Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • एमालेमा चार समूह : गौतम समूहको पनि बैठक बस्दै

    एमालेमा चार समूह : गौतम समूहको पनि बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेमा नेताहरुको समूहै समूह भएको छ । अध्यक्ष केपी शर्मा ओली समूह, माधव नेपाल-झलनाथ खनाल समूह, उपाध्यक्ष वामदेव गौतम समूह र रामबहादुर थापाको बादल समूह।

    यसैबीच, उपाध्यक्ष गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् ।



    अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।



    गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो’, गौतम निकट एक नेताले बताए ।

    नेकपा विभाजन हुँदा गौतम तटस्थ रहेका थिए, उनले पार्टी विभाजन हुन नदिने अडान राख्दै आएका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार