Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तीन महिनापछि सँगै देखिए ओली र नेपाल, खनाल अनुपस्थित

काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ समूह र अध्यक्ष केपी शर्मा ओली समूहको पार्टी केन्द्रीय कार्याल धुम्बाराहीमा भेट भएको छ ।

करिब तीन महिनापछि माधव-झलनाथ समूह र ओली समूहको पहिलोपटक भेट भएको हो।

पछिल्लो समय पार्टी भित्र रहेको विवादलाई टुङ्गोमा पुर्याउन आज धुम्बाराहीमा दुवै पक्ष भेट भएका हुन् ।

धुम्बाराहीमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवालीलगायतका अन्य नेता सहभागी भएका छन्  ।

त्यस्तै, अर्को पक्षबाट माधव नेपालसहित भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी भएका छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने उपस्थिति छैनन्।

पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको ओलीनिकट स्रोतले जनाएको छ ।

 

अहिले छलफल जारी रहेको स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077