Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बानेश्वरमा नेपाल पक्षको एउटै स्वर - कार्यकर्ता भेला नि रोक्दैनौं, चियापानमा पनि जाँदैनौं

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने घोषणा गरेको छ।

आज विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने घोषणा गरेका हुन् ।

धुम्बाराहीबाट फर्किएपछि नेपाल पक्षले बानेश्वरको अर्याल होटलमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो । उक्त भेलामा सहभागी एक नेताका अनुसार, ओलीसँगको छलफल निश्कर्षमा नपुगेकाले कुनै पनि नरोकिने निर्णय नेपालले सुनाएका छन् ।

ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेपाल पक्षका नेताहरुले उक्त चियापानमा नजाने बताएका छन् ।

यद्दपि ओली पक्षका नेताहरुले भने आजको वार्ता सकारात्मक रहेको प्रतिकृया दिएका छन् । ओली पक्षले पनि आगमी चैत ७ गते कार्यकर्ता भेला राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077