Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रतिनिधिसभा बैठक : शोक प्रस्तावमा सीमित हुँदै फेरि चैत ६ गतेसम्म स्थगित

    प्रतिनिधिसभा बैठक : शोक प्रस्तावमा सीमित हुँदै फेरि चैत ६ गतेसम्म स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रतिनिधिसभाको तेस्रो बैठक पनि शोक प्रस्तावमा सीमित हुँदै फेरि चैत ६ गतेसम्मका लागि स्थगित भएको छ।

    आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव मात्र पारित गरेको छ ।



    सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।



    बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । उनी विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित थिए । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो ।

    प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार