Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बार्सिलोनामा लिओनेल मेसीको अर्को कीर्तिमान

    बार्सिलोनामा लिओनेल मेसीको अर्को कीर्तिमान

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.5K
    SHARES

    एजेन्सी। लिओनेल मेसीले बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने जभीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

    बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गरेका छन् ।



    होएस्काविरुद्धको स्पेनिश प्रीमीअर लीग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए ।



    बार्सिलोनाले ४-१ ले जितेको सो खेलपछि सो क्लब लीगको अङ्गतालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

    समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ। रेयाल मड्रोड भने ५७ अङ्कमा सीमित छ ।

    मेसीले सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका हुन् । उनले १० पटक स्पेनिस लिग र चार पटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जितेका छन् । (एजेन्सीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार