Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • माओवादीसँग मिलेर संयुक्त सरकार निर्माण गर्नुपर्ने बामदेव गौतमको प्रस्ताव

    माओवादीसँग मिलेर संयुक्त सरकार निर्माण गर्नुपर्ने बामदेव गौतमको प्रस्ताव

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रसँग मिलेर वामपन्थी सरकार-संयुक्त सरकार निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    मंगलबार बल्खुमा आफ्नो समूहको भेलामा सम्बोधन गर्दै उपाध्यक्ष गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्झौता हुनुपर्ने बताएका छन् ।



    नेकपा एमाले एकता अभियान चलाइरहेका गौतमले एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग मिल्नुपर्ने बताएका हुन् ।



    अध्यक्ष ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला सो कार्यक्रम बहिष्कार गर्दै गौतम समुहले पनि छुट्टै भेला आयोजना गरेको थियो ।

    यस्तै, माधव कुमार नेपाल समुहले पनि भोलिका लागि बोलाएको कार्यकर्ता भेलाको जानकारी दिन आजै पत्रकार सम्मेलनको आयोजना गर्दैछ । नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान बनाएका गौतमले त्यसयता गुटगत भेला गर्दै आएका छन् ।

    गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाका प्रचण्ड र माधवकुमार नेपाल सहितको समूह सडक आन्दोलनमा उत्रिएको थियो । वामदेव गौतम भने त्यतिबेला पनि तथष्ट रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार