Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीमाथि कारवाही हुनुपर्छ : सुरेन्द्र पाण्डे

    प्रधानमन्त्री ओलीमाथि कारवाही हुनुपर्छ : सुरेन्द्र पाण्डे

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै कारवाही हुनुपर्ने बताएका छन् ।

    आज एमाले कै नेपाल पक्षले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यसो भनेका हुन् ।



    ‘कार्यकर्ता भेलामा जानेलाई प्रधानमन्त्रीले कारवाही गर्ने कुरा हाँस्यास्पद हो । उहाँ आफैँले बालुवाटारमा गुट भेला गरेर गलत गर्नुभयो । अध्यक्ष चाहिँ त्यसबाट मुक्त हुँदैनन्, उहाँलाई पनि कारवाही हुनपर्छ।’



    पाण्डेले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउन लागेको आरोप लगाए । ‘हामीलाई एमाले फुटाउन लागेको भन्ने प्रधानमन्त्री आफैँले पार्टी विभाजनको आरम्भ ओलीले नै गरेको हो’, उनले भने, ‘पुराना काम कारवाही मान्य हुन्छ भनेर विभाजन थालेका हुन् । ओलीले पहिले नेकपालाई छिन्नभिन्न बनाए, अब एमाले पनि छिन्नभिन्न गर्ने योजनामा लागेका छन्।’

    कार्यक्रमा बोल्दै पाण्डेले भने, ‘पार्टी विभाजनको आरम्भ ओलीजीले गर्नुभएको हो । २८ गतेको बालुवाटार वैठकले विभाजनको बिजारोपण गरेको हो । ती सबै निर्णय फिर्ता नभएसम्म पार्टी एकता सम्भव छैन ।’

    ‘पार्टीको विधानले यस्ता भेला तथा राजनीतिक गतिविधि गर्ने छुट दिएको छ । भोलि र पर्सिको भेला पार्टी एकताको सुदृढीकरणका लागि हो ’, पाण्डेले भने ।

    यस्तै, भोलि बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने नेपाल पक्षले जानकारी दिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार