Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेपाल र खनाल नजाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने भएका छन् ।

भोलि र पर्सिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उनीहरु आज राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने स्रोतले बताएको छ।

राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाल र खनाललाई सर्वदलीय बैठकमा बोलाएकी हुन् ।

समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आज अपरान्ह ४ बजे बोलाएकी छन् ।

बैठक अबको केहीबेरमा सुरु हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077