Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु, ७ घाइते

    सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु, ७ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

    सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको बा१७च १११७ नम्बरको जिप कमलामार्इ नगरपालिका–७ करङडाँडामा आज दिउसो दुर्घटनामा पर्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।



    जिपमा ११ जना सवार थिए ।



    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दिउँसो पौने ४ बजे दुर्घटनामा परेको जिप सडकबाट ५० मिटर तल खसेको छ ।

    मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका अन्दाजी ६० वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार चालक भोजबिक्रम थापासहित सबै घाइतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार