Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सरकार र संसद नचले फेरि पनि विघटन हुने ओलीको चेतावनी

    सरकार र संसद नचले फेरि पनि विघटन हुने ओलीको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 4.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् राम्रोसँग नचले फेरि पनि संसद् विघटन गर्ने चेतावनी दिएका छन्।

    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटन सही भएको जिकिर गर्दै यस्तो बताएका हुन् । उनले फेरि पनि राम्रोसंग संसद नचले निर्वाचनमा जान सकिने बताएका छन् ।



    ‘प्रधानमन्त्रीले संसद विघटनबारे कुरा उठाउनु भएको थियो, उहाँले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो’, बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालले भने । ‘उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने ।



    दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए ।

    गत पुष ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेकी थिईन् ।

    तर, सर्वोच्च अदालतले उक्त संसद विघटन घोषणा असंवैधानिक भएको भन्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार