Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ओली सरकारले फेरी सेक्यो जनताको ढाड

    फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार र इन्धन तस्करी नियन्त्रण गर्न निगम असफल

    फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, भ्रष्टाचार र इन्धन तस्करी नियन्त्रण गर्न निगम असफल

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले नेपाल आयल निगमभित्रको भ्रष्टाचार नघटाएपनि पटक- पटक मूल्यवृद्धि गरेर जनताको ढाड सेकाउने काम गरेको छ । आयल निगमले फागुनयता तेस्रो पटक इन्धनको मूल्य बढाएको छ ।

    मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।



    निगमद्वारा जारी विज्ञप्तिअनुसार बुधबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको हो ।



    हवाई इन्धन (आन्तरिक उडानतर्फ) को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ । वृद्धि गरिएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १८ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुर्‍याइएको हो ।

    निगमले कायम गरेको पेट्रोलको मूल्य साढे दुई वर्षयताकै सबैभन्दा उच्च रहेको वताइएको छ  ।

    यसअघि निगमले फागुन ४ र १७ गते पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । मूल्य समायोजनपश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ९ दशमलव ३५ रुपैयाँ, डिजेलमा ५ दशमलव ८० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ९२ दशमलव ८२ रुपैयाँ घाटा हुने जनाइएको छ ।

    जसअनुसार अर्धमासिक करिब १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको भन्दै निगमले आन्तरिक बजारमा मूल्य बढाइएको निगमले जनाएपनि भ्रष्टाचार र तस्करी नियन्त्रण रोक्न सकेको छैन । निगमले बारम्बार नेपालबाट भारतर्फ इन्धनको तस्करी भइरहे पनि रोक्न भने सकेको छैन।

    निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगमले राम्रो काम गरेको जति प्रचार गरेपनि ढुवानीमा लगाएको ट्यांकरकै प्रयोग गरेर नेपालबाट भारततिर इन्धन तस्करी हुने गरेको पुष्टि भएको छ ।

    केही दिन अघि भारतको बरौनी डिपोबाट इन्धन लिएर आउने ट्यांकरले नेपालबाट पुनः फर्किएर जाँदा भने तस्करीका लागि इन्धन भरेर लैजाने गरेको पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार