Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ओलीले पराजित भएर ढलेपछि पनि खुट्टा ठाडो बनाएर मैले जिते भन्छन् : माधव नेपाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको अध्यक्ष हुनु नै दुर्भाग्य रहेको बताएका छन् । उनले पार्टी कै नेता वामदेव गौतमले पनि यहि कुरा सधै भन्ने गरेको बताए ।

बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफुहरु ओलीसँग पीडित भएर आज यो भेला जम्मा गर्नु परेको बताए ।

ओलीले कहिले पार्टी बैठक नबोलाएको स्मरण गर्दै नेपालले भने, 'पार्टीको आशा भरोसा सबै ओलीले सखाप पर्नु भयो'।

प्रधानमन्त्रीको कुर्सी बचाउनको लागि ओलीले संबिधान विपरित कार्य गरेको भन्दै नेता नेपालले ओलीको व्यक्तिगत विचारवादले आज यो हालतमा आइपुगेको बताए ।

कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले पार्टीको बिधान विपरित ओलीले आफुहरुको कार्यक्रम तहस नहस पार्न खोजेको बताएका छन् । आफूहरुले निराशामा रहेको कार्यकर्ताको आवाज बन्दै भेला आयोजना गरेको जानकरी दिए ।

कुस्ती खेलको लडाईको उदाहरण दिँदै 'केपी ओली हारिसकेपछि पनि खुट्टा उचाल्दै मेरो खुट्टा ठाडै छ' मैले जिते भन्ने स्वभावका रहेको नेता नेपालले बताए।

नेता नेपालका अनुसार केपी ओलीले आफूलाई फोन गरेर बालुवाटार बोलाएको तर  जान नमानेपछि आफूहरु पार्टी अफिसमा भेटेको स्मरण गर्दै ओलीको अहंकारले पार्टी एकताको सम्भावना सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077