Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिआइबीद्वारा पौने २ करोडको चेक बाउन्समा फरार जग्गा दलाल पक्राउ

    सिआइबीद्वारा पौने २ करोडको चेक बाउन्समा फरार जग्गा दलाल पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 5.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले १ करोड ८५ लाख रुपैयाँ बराबरको चेक बाउन्स मुद्दामा फरार रहेका जग्गा दलाल उपेन्द्र ढुंगानालाई पक्राउ गरेको छ ।

    उर्मिला कँडेलको जाहेरीले उच्च अदालत पाटनले २०७७ माघ ५ गते झापाको साविक महारानीझोडा गाविस हाल गौरादह नगरपािलका वडा नम्बर १ स्थायी ठेगाना भएका उपेन्द्र प्रसाद ढुङ्गानालाई एक महिना कैद र १ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।



    उक्त सजाय बेरुजू रही फरार रहेका ढुङगानालाई सिआइबीले हिजो मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।



    ढुङ्गानाले २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त रकम मौज्दात नभएपनि प्रभु बैंक शाखा कार्यालय सुकेधारामा रहेको खाताबाट पीडित तथा जाहेरवाला उर्मिला कँडेललाई चेक दिएका थिए । सोही चेक बाउन्स भएपछि उनीविरुद्ध पीडित शर्मिलाले जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार ढुंगाना जग्गा दलालीको काम गर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार