Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 2K
    SHARES

    एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई स्तब्ध पारेर इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले एथ्लेटिको मड्रिडलाई २–० गोलले पराजित गरेर समग्रमा ३–० गोलको जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।



    पहिलो लेगमा चेल्सी १–० गोलले विजयी भएको थियो । बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीका लागि ३४ औँ मिनेटमा जियच र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा एमर्सनले गोल गरे ।



    एथ्लेटिको मड्रिडका साभिक ८१ औँ मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार