Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सिआईबीद्वारा नक्कली कागजात बनाई ठेक्का पारेको आरोपमा ठेकेदार महर्जन पक्राउ

    सिआईबीद्वारा नक्कली कागजात बनाई ठेक्का पारेको आरोपमा ठेकेदार महर्जन पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 4.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली कागजात बनाएर ठेक्का हात पारेको आरोपमा एक जना ठेकेदारलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ठेकेदार रवीन्द्र महर्जन रहेका छन् ।



    बुधबार साँझ ललितपुरको पुल्चोकबाट महर्जनलाई पक्राउ गरी  ब्युरोको हिरासतमा राखिएको सिआईबीले जनाएको छ ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रपछि सीआईबीले महर्जनलाई बुधबार साँझ पक्राउ गरेको हो । देशका विभिन्न ठाउँ भएका विभिन्न बोलपत्रमा योग्यता नपुग्दा नपुग्दा नक्कली कागजात पेस गरी उनले ठेक्का हात पारेको आरोप छ ।

    पक्राउ परेका महजर्नमाथि थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिईन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार