Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा ओलीको एकलौटी निर्णय : संसदीय बोर्डमा खनाल र नेपाल पनि मनोनीत !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकले २७ संसदीय बोर्डको गठन गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले संसदीय बोर्डमा बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि मनोनीत भएका छन् ।

बोर्डको प्रमुखमा दलका नेता केपी शर्मा ओली रहेका छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् ।

त्यस्तै, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्यमा  मनोनीत भएका छन् ।

बोर्डका अन्य सदस्यहरुमा विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन्।

आजको बैठकमा खनाल-नेपाल पक्षका सांसदहरु भने अनुपस्थित रहेका थिए । तर, ओलीले खनाल-नेपाल पक्षका सांसदहरु नआएपनि उक्त निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077