Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • छोरी बलात्कार गर्ने बाबुलाइ २५ बर्षको जेल सजाय

    छोरी बलात्कार गर्ने बाबुलाइ २५ बर्षको जेल सजाय

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 4.2K
    SHARES

    डोटी। डोटी जिल्ला अदालतले छोरी बलात्कार गरेका आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई २५ वर्षको कारावास सजायँ सुनाएको छ ।

    जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याई सजायँ सुनाएका हुन्।



    गत असोजमा आफ्नै छोरी बलात्कार गरेको भनी विककी श्रीमतीले दिएको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।



    घरमा आमा नभएका समयमा उनले पटकपटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निज विकलाई कारावास सजायँ सुनाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार