Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेसले १० दिनभित्र ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कोइरालाको दावी

    कांग्रेसले १० दिनभित्र ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कोइरालाको दावी

    अनलाइन नेपाल
  • बिहिबार, ५ चैत्र २०७७
  • 2K
    SHARES

    विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १० दिनभित्रै अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन् ।

    माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेसले सरकार बनाउनुपर्ने धारणा व्यक्त गर्दै नेता कोइरालाले भने–‘अब हप्ता १० दिनमा अविश्वास प्रस्ताव आउँछ ।’



    बिहीबार विराटनगरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै कोइरालाले भने–‘हामीले सरकारको नेतत्व गर्नुपर्छ, माओवादी, हामी र जसपा मिलेर जानुपर्ने हो । बहुमत आइहाल्छ ।’



    जनता समाजवादी पार्टी र एमालेभित्रै विवाद रहेकाले कांग्रेस अविश्वास प्रस्ताव दर्ताका लागि पर्ख र हेरको अवस्थामा रहेको महामन्त्री कोइरालाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार