Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • दिउँसो १ बजे संसद बैठक

    प्रधानमन्त्रीले दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने, दलका नेताहरू बोल्ने

    प्रधानमन्त्रीले दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने, दलका नेताहरू बोल्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । आज दिउँसो प्रतिनिधि सभा बैठक बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ भने दलका नेताहरुले पनि धारणा राख्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।



    बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । कोइरालाको ७१ वर्षको उमेरमा बुधवार निधन भएको थियो ।



    यसअघि बसेका प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार