Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • महिलाको अर्धनग्न भिडियो बनाएर बलात्कार गरेको आरोपमा पाइलट पक्राउ

    महिलाको अर्धनग्न भिडियो बनाएर बलात्कार गरेको आरोपमा पाइलट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 13.3K
    SHARES

    काठमाडौँ। महानगरीय प्रहरी वृत्त कालिमाटीमा रहेको महिला सेलले बलात्कार प्रयासको आरोपमा एक पाइलटलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा समिट एयरको जहाज चलाउने पाइलट सञ्जयकुमार साह रहेका छन् ।



    पाइलट साहले गत फागुन २५ गते ३७ वर्षीया एक महिलालाई आफ्नो कोठामा बोलाई बलात्कार प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको कालिमाटी प्रहरीले जनाएको छ।



    ती महिलासँग पाइलटको लेनदेन भएको र लेनदेनकै लागि कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप महिलाको छ । पाइलटले पटक-पटक गरेर आफूसँग ८ लाख लिएको तर नतिरेको आरोपसमेत महिलाले लगाएकी छिन् ।

    कोटेश्वरस्थित आफ्नो कोठामा बोलाएर साहले आफ्नो अर्धनग्न भिडियोसमेत बनाएको महिलाले आरोप लगाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार