Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या

    छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 5.4K
    SHARES

    प्रतिकात्मक तस्विर

    बाग्लुङ। बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ ।

    जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ ।



    जिल्ला प्रहरी कार्यालयका अनुसार यहि चैत १ गते राति घरमा विवाद हुँदा आमा-छोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो ।



    कुटपीटबाटै सार्कीको निधन भएको आशङ्का गाउँलेले गरेपछि प्रहरीले घटनास्थलमा पुगेर छानविन शुरु गरेको थियो।

    घटना अनुसन्धानकै क्रममा रहे पनि आमाछोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले अनुसन्धानका लागि आमाछोरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार