Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिन्छ : पम्फा भुसाल

    ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिन्छ : पम्फा भुसाल

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको काम/नाम इतिहासमा कालो अक्षरले लेखिने बताएकी छिन्।

    शुक्रबार प्रतिनिधिसभाको चौंथो बैठकलाई सम्बोधन गर्दै सांसद भुसालले प्रधानमन्त्री ओलीको कामप्रति सबै असन्तुष्ट रहेको र कामबारे इतिहासमा कालो अक्षरले लेखिने बताएकी हुन्।



    उनले प्रधानमन्त्रीलाई थोरै आलोचना सहन सुझाउदै मिडियाको कार्टुन हेर्न आग्रह गरेकी छिन् ।



    ‘सारा मिडियाको कार्टुन हेर्‍यो भने के छ, अलिकति आत्मसमीक्षा गर्नुपर्दैन ?, भुसालले भनिन्, ‘प्रधानमन्त्री निकटका साथीहरू छातीमा हात राखेर बिहान योगा हैन योगाका ठाउँमा आत्मसमीक्षा गरौं ।’

    भुसालले जनतको आन्दोलन र न्यायापालिकाको फैसलाले लोकतन्त्र धरापमा पार्ने कदम रोकिएको टिप्पणी गरिन् । ‘जनताको आन्दोलन र न्यायापालिकाको फैसलाले संविधान, लोकतन्त्र र व्यवस्था नै धरापमा पार्ने कदम रोकिएको,’ उनको भनाइ छ।

    बैठकमा प्रतिनिधिसभा विघटन सर्वोच्चबाट बदर भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरेको उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार