Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सिआईबीद्वारा जिउँदै महिलालाई डोजरले पुरेर फरार भएका बुढाथोकी सार्वजनिक

    सिआईबीद्वारा जिउँदै महिलालाई डोजरले पुरेर फरार भएका बुढाथोकी सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिउँदै महिलालाई डोजरले पुरेर फरार भएका चालकलाई पक्राउ गरि सार्वजनिक गरेको छ।

    सीआईबीको टोलीले सल्यान जिल्ला छायाक्षेत्र-९ घर भएका २२ बर्षीय जिवन भन्ने भिम बहादुर बुढाथोकीलाई कन्चनपुरबाट पक्राउ गरि सार्वजनिक गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले बताए।



    सिआईबी प्रमुख डिआइजी थापाका अनुसार घटनापश्चात  बुढाथोकी भागेर भारतस्थित सलोन जिल्लामा रहेका उनका दाजुको घरमा लुक्न पुगेका थिए ।



    उनी पुनः फागुन २९ गते भारतको जमुनाहा नाका हुदै नेपालगंज आई सुर्खेतस्थित होटलमा बसेकोपनि खुलेको छ। त्यस्तै, बुढाथोकी चैत्र ४ गते पुनः भारतको हरिद्धार गएका थिए। बुढाथोकीले नेपालगंज बस्दा प्रयोग गरेको सिमकार्ड निकाली मोबाईल सेट समेत सोही होटलमा छाडेर भागेका थिए।

    गत फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डोजरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

    ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । डोजर चालक  बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘डोजरले मान्छे पुर्‍यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

    त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार