Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बास्किन रोबिन्समा अब ३१ वटा विभिन्न फरक स्वाद

    बास्किन रोबिन्समा अब ३१ वटा विभिन्न फरक स्वाद

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । राजधानीको केन्द्र मानिने उत्तर ढोकामा ‘बास्किन रोबिन्स’ को नयाँ आउटलेट सञ्चालनमा आएको छ । ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै स्थापित उक्त आउटलेटबाट यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ज्योति समूहले सन इन्टरनेसनल इंक प्राइवेट लिमिटेडसँग सम्बद्ध रहेको बास्किन रोबिन आइक्रिम अब ११ सिटीमा १६ आउटलेटहरूमा पाइने जनाएको हो ।



    सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योतिले नेपालमा रहेका आफ्ना ग्राहकहरुका लागि उत्कृष्ट डेजर्ट पस्किनकै लागि नयाँ योजनाका साथ अगाडि बढेको बताए ।
    विश्वमै सबै भन्दा बढी रुचाइने आइसक्रीम ट्रीट ब्रान्ड बन्ने र नेपालमा स्वादिष्ट अनि उत्कृष्ट आइसक्रीम ब्रान्ड हुने लक्ष्य लिएर अघि बढेको बताउँदै ज्योतिले यस कम्पनीले गुणस्तरीय उत्पादनहरूका साथै नवीनतम र सुविधा दायक सेवा प्रदान गर्ने अठोट लिएको पनि बताए ।



    नेपालका ११ वटा शहरमा १६ भन्दा बढी रिटेल आउटलेट रहेको यस ‘बास्किन रोबिन्स’ लाई ग्रेभिस फुड प्रा.लि. को साझेदारीमा ज्योति गुप्रले बजार व्यवस्थापन गर्दै आएको छ ।

    सन् २०१७ देखि सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. (SIIPL) को नाममा ज्योति ग्रुपले FMCG उद्योगको स्थापना गरेको हो । वर्षौं देखि आइसक्रीमको कारोबार गर्दै आएको SIIPL ले द्रुत गतिमा नेपालभर आफ्नो वितरण च्यानल र कार्यालयहरूको विस्तार गर्दै आएको छ ।

    समग्ररुपमा भन्ने हो भने SIIPL हस्पिटालिटी तथा रिटेल उद्योगमा उत्कृष्ट एवं प्रशिक्षित टीम भएको एक समर्पित ब्रान्ड हो ।
    बास्किन रोबिन्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘बास्किन रोबिन्स आइसक्रीम उद्योगमा नवीनतम उदाहरण हो । तपार्इंलाई हरेक पटक नयाँ स्वाद प्रदान गर्नका लागि यस कम्पनीले विभिन्न विकल्पहरू पस्किदै आएको छ ।

    जस अन्तर्गत फ्याट कम भएको लो क्यालोरी आइसक्रीम, अतिरिक्त चिनी नभएको, डेरी रहित आइसक्रीम फ्लेवरहरु, सेकका विभिन्न प्रकारहरु, सन्डिज्, बार्स, बेल्जियम वाफल र चोको लाभा पर्दछन् । यस ब्रान्डले निरन्तर रुपमा आइसक्रीम केक तथा अन्य नयाँ उत्पादहरुमा समेत नविकरण गर्दै जानेछ ।

    ग्लोबल मापदण्डहरुबाट प्रेरित हुँदै उत्तर ढोकामा अवस्थित यस ब्रान्डको फ्लागसिप स्टोर मार्फत ग्राहरुहरुले ३१ वटा विभिन्न फरक स्वादहरुको मजा लिन सक्नुहुनेछ । यसका साथै यस कम्पनीले दैनिक रुपमा एक व्यवस्थित खाना सुरक्षा योजना कायम गरेको छ जुन दैनिक अडिट्सले प्रमाणित समेत गर्दछ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार