Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • श्रीलङ्कामा चिनियाँ खोपलाई पनि अनुमति

    श्रीलङ्कामा चिनियाँ खोपलाई पनि अनुमति

    अनलाइन नेपाल
  • शनिबार, ७ चैत्र २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    एजेन्सी। श्रीलङ्कामा चिनियाँ खोपलाई पनि प्रयोगका लागि शनिबार अनुमति दिइएको छ ।

    श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो ।



    यो खोप आपत्कालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् ।



    नियमक निकायले अनुमति दिएकाले अव त्यसको आपुर्ति तथा व्यवस्थापनको काम अगाडि बढाइने श्रीलङ्काका उत्पादन, आपुर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनले जानकारी दिनुभयो । श्रीलङ्कामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो । यसअघि अस्ट्राजेनिका र स्पुत्नीक भीले अनुमति पाएका थिए ।

    श्रीलङ्कले अहिले खोप अभियान व्यापक रुपमा चलाइरहेको छ । गत फेब्रुअरीको मध्यदेखि सुरु भएको खोप अभियान अन्तर्गत सवैभन्दा पहिला अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइएको थियो । उनीहरुलाई अस्ट्राजेनिका खोप लगाइएको हो । अस्ट्राजेनिकाको खोप श्रीलङ्काले भारतबाट ल्याएको हो । गत जनवरी र फेब्रुअरीमा खोप ल्याइएको थियो ।

    विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गत दुई लाख ६४ हजार मात्रा खोप श्रीलङ्काले पाएको हो । अहिले ६० बर्षभन्दा बढी उमेरका नागरिकलाई लगाउन थालिएको अधिकारीहरुले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार