Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेकपामा हुँदा ओलीको चर्को आलोचना गर्ने झाँक्री एमालेमा मौन

    नेकपामा हुँदा ओलीको चर्को आलोचना गर्ने झाँक्री एमालेमा मौन

    निर्मल बाबु लामिछाने
  • आइतबार, ८ चैत्र २०७७
  • 4.7K
    SHARES

    निर्मल बाबु लामिछाने/ काठमाडौं । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै विभाजित भएको थियो ( नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

    विभाजनपश्चात् नेकपा दुई पक्षमा बाँडियो, एउटा ओली पक्ष र प्रचण्ड–माधव पक्ष।



    ओली पक्षको नेतृत्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले लिए भने प्रचण्ड–माधव पक्षको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरे ।



    त्यसपछि देशभरि संसद विघटनको समर्थन र विरोधमा दुवै पक्षहरुले आफ्नो शक्ति प्रदर्शन गर्दै गए । प्रदर्शनका क्रममा एक पक्षले अर्को पक्षलाई हदैसम्मको गाली गरी दोष थोपर्दै गए ।

    ‘….लाई भन्दा देख्नेलाई लाज’ भनेझैं एउटै पार्टीका नेताहरुले एकले अर्कोलाई गाली गरेको सुन्दा कार्यकर्तादेखि जनतासम्म अचम्मित परे । उनीहरुले गरेको भाषण सुन्दा दुबै पक्ष ‘अपराधी’ नै हुन् भन्ने भान हुन्थ्यो । उनीहरुको भाषण सुन्दा लाग्थ्यो अब उनीहरु कहिल्यै पनि एक हुन सक्दैनन् ।

    तर, अन्तमा सर्बोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताईदियो ।

    त्यसपछि प्रचण्ड र ओली औपचारिक रुपमा छुट्टिए । सर्वोच्चको फैसलाले सबैभन्दा अप्ठेरो नेकपामै हुँदा प्रचण्डसँग मिलेर नयाँ समूह गठन गरेका माधवकुमार नेपाललाई पर्यो ।

    प्रचण्डसँग जाउँ भने पार्टी नै अर्को, ओलीसँगै जाउँ भने ओलीकै विरोध गरिरहेका थिए । पार्टी फुटाउँ भने त्यसमा फेरि अर्कै झण्झट । पार्टीको विधानमा उल्लेख भएका सांसद संख्या, केन्द्रीय कमिटीलगायत यावात पक्ष, अहिले त्यतितिर नजाऔं ।

    यतिबेला अर्को चर्चाको विषय भनेको रामकुमारी झाँक्रीको छ । उतिबेला प्रचण्ड–माधव पक्षको नेकपामा हुँदा प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै हिँडेकी एमाले नेत्री रामकुमारी झाँक्री पछिल्लो समय मौन बसेकी छिन् ।

    एमालेको कारबाही सिफारिसमा परेर बालबाल कारबाहीबाट जोगिएपछि फेरि पनि उनकै चर्चा भइरहेको छ ।

    चैत ७ गते शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले चुनाव जितेर सांसद भएकी नेत्री झाँक्रीलाई वेट नभएको भनेका थिए।

    ओलीले झाँक्रीको अहिले नै पार्टीमा हैसियत नपुगेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नेकपा एमालेको केन्द्रीय कमिटीलाई निर्देशन दिएका थिए ।

    शनिबार बसेको एमालेको केन्द्रीय कमिटीले झाँक्रीलगायत वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    तर, अध्यक्ष ओली शैलीको ठाडै बिरोध गर्ने झाँक्री यतिबेला चुपचाप रहेकी छिन्। उनले उक्त कुराप्रति अहिलेसम्म कुनै प्रतिक्रिया जनाएकी छैनन्।

    हुनत अदालतले एमालेमै फर्काईदिएपछि कुनै प्रतिक्रिया नदिएकी झाँक्रीले बेला–बेला सामाजिक सञ्जालमार्फत् सरकार र ओली शैलीको बिरोध प्रकट गर्ने गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार