Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जुवाडे र मिटरब्याजीको पैसामा हेलिकोप्टर सयर गर्दै गगन थापा

    जुवाडे र मिटरब्याजीको पैसामा हेलिकोप्टर सयर गर्दै गगन थापा

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 5.6K
    SHARES

    दायाँबाट सानोभाई भनिने युवराज घले, शैलेश श्रेष्ठ, गगन थापा सहित नुवाकोटमा हेलिकोप्टरबाट उत्रने क्रममा खिचिएको तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा चर्को स्वरमा सुशासन र विधिको बारेमा भाषण गर्दछन् । तर, ब्यवहारमा उनी विवादित ब्यक्तिहरूको घेरामा छन् भन्ने कुरा मिटरब्याजी र जुवा खेलाउनेहरूको खर्चमा हेलिकोप्टर सयर गरेका घटनाले पुष्टि गरेको छ।

    २०७७ फागुन ७ मा बीपी स्मृति भवन नुवाकोटको उद्घाटनका क्रममा गगन थापा मिटरब्याजी र जुवा खेलाउने शैलेश श्रेष्ठ र उनका सहयोगी युवराज घले ९सानोभाइ०को खर्चमा हेलिकोप्टरमा गएको खुलेको छ।



    गगन थापालाई हेलिकोप्टरमा नुवाकोट लगेको तस्बिर शैलेश श्रेष्ठले सामाजिक संजाल फेसबुकमै राखेका छन्। शैलेश श्रेष्ठ र युवराज गुरुङ इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार श्रेष्ठ ‘धैंटे’को समूहमा आवद्ध थिए ।



    गुण्डानाइके कुमार धैंटेलाई प्रहरीले इन्काउन्टरमा मारेपछि तितरबितर भएको उक्त समूह पुनः सल्बलाउन थालेको प्रहरी श्रोत बताउँछ । घैंटे समूहमा आवद्ध रहेका युवराज घले गुरुडले २०७७ कात्तिक २६ मा डिस्कोमा सेयर मागेको र नदिएपछि हिंडेन डिस्को काठमाडौंका संचालक राज गुरुडमाथि सांघातिक आक्रमण गरेका थिए।

    युवासंघ नेपालका केन्द्रीय सदस्य मीनबहादुर गुरुङ (राज) लाई उक्त समूहले आक्रमण गरेका थिए । घलेले पेस्तोल देखाएर डिस्कोको विनालगानी सेयर मागेका थिए। राजले सेयर नदिने भनेपछि घले समूहले उनीमाथि आक्रमण गरेको थियो।

    बुलेटप्रुफ ज्याकेट लगाएर हिंड्ने युवराज गुरुङ विनालगानी डिस्कोदेखि विभिन्न ठाउँमा सेयर माग्ने र नदिए आक्रमण गदैआएका छन् । घैटे मारिएपछि उनलाई शैलेश श्रेष्ठले मिटरब्याजमा लगाएको पैसा उठाउनेदेखि अवैध रुपमा संचालन गरेका क्रसर उद्योगमा पनि परिचालन गरेको उजुरी प्रहरीमा परेको जानकारी हुन आएको छ ।

    घेटे इन्काउन्टर घटनामा प्रहरीलाई धम्की दिएको आरोपमा युवराज घलेलाई नवाकोटबाट पक्राउ गरी मुद्दा चलाएर तीन बर्ष जेल संजाय भएको थियो । उनीसँग हातहतियार र बुलेटप्रुफ ज्याकेटसमेत फेला परेपछि जेल सजाय भएको थियो।

    युवराज घलेको काम नै विनालगानी डिस्को र लाउन्जमा सेयर माग्ने र नदिए पेस्तोल देखाएर तर्साउने काम गर्दै आएको पीडितहरू बताउँछन् । अहिले पनि काठमाडौंदेखि नुवाकोट र धादिङका ठेक्कापट्टामा उनले गुण्डागर्दी गरी असुली गर्ने गरेको गुनासो प्राप्त भएको छ।

    अवैध क्रसरको बिरोध गर्दा स्थानीयमाथि आक्रमण
    गगन थापालाई हेलिकोप्टर सयर गराएर आफ्ना अवैध क्रियाकलाप निर्वाध संचालन गर्दैआएका शैलेश श्रेष्ठ अवैध क्रसर संचालक पनि हुन् । अवैध रुपमा क्रसर संचालनको बिरोध गर्ने नुवाकोटका सन्तोष राई र अनिश राईमाथि खुंडा प्रहार गरेको आरोपमा श्रेष्ठविरुद्ध नुवाकोट प्रहरीमा २०७७ साउन ३ मा उजुरी दर्ता भएको थियो। पीडित पक्षले श्रेष्ठबिरुद्ध उजुरी दर्ता गरेका थिए ।

    नुवाकोटको लिखु गाउँपालिका ४ गणखारमा सञ्चालित क्षेत्रपाल क्रसर उद्योगले मेसिना प्रयोग गरी बालुवा झिकिरहेकोले स्थानीयले पनि बालुवा निकाल्नुपर्छ भन्नेमा विवाद चर्केपछि झडप भएको थियो।

    श्रेष्ठको क्रसर उद्योगले रातको समयमा तादीखोलाबाट एक्स्काभेटर प्रयोग गरेर बालुवा झिक्ने गरेको थियो भने स्थानीयले पनि सोही ठाउँमा हातेऔजार हालेर बालुवा झिकेका थिए। क्रसरवालाले स्थानीयलाई बालुवा झिक्न नदिएपछि विवाद हुँदा शैलेश श्रेष्ठले खुंडाले आक्रमण गर्दा अनिस राई र सन्तोष राई गम्भीर घाइते भएका थिए।

    श्रेष्ठले स्थानीय राजनीतिक पहुँचका आधारमा स्थानीय प्रशासन, प्रहरी र स्थानीय तह, जिल्ला समन्वय समितिलाई प्रभावमा पारी स्काभेटर प्रयोग गरी बालुवा निकाल्ने गरेका छन् ।

    नियम अनुसार क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्नेमा श्रेष्ठले लिखु गाउँपालिकाका जनप्रतिनिधिलाई प्रभावमा पारी ढुंगा, गिटी र बालुवा निकाल्ने गरेका छन् । स्थानीयलाई खंडाु प्रहार गर्ने श्रेष्ठलाई नुवाकोट कांग्रेसका सभापति जगदिशनरसिंह केसी र गगन थापाको संरक्षण रहेकाले उनीमाथि प्रहरीले उजुरु दर्ता हुँदा पनि नियन्त्रणमा नलिई छाडिदिएको छाडिदिएको थियो ।

    ज्वाँई गगन र काकाससुरा जगदिशनरसिंह केसीको संरक्षणमा नै घैंटेका सहयोगी शैलेश श्रेष्ठले अवैध क्रसर संचालन गर्ने गरेको नुवाकोटका कांग्रेसजनले नै भन्दैआएका छन्।

    प्रहरीसँग श्रेष्ठको कनेक्सन
    मिटरब्याजी, जुवा खेलाउने र अवैध क्रसर संचालन गर्ने श्रेष्ठको प्रहरीका उच्च अधिकारीसँग पनि साँठगाँठ रहेको उनको फेसबुकबाट पनि खुलासा हुन्छ। उनले जो–जो प्रहरीका अधिकारी सरुवा वा बढुवा हुन्छन्, तुरुन्तै फेसबुकमा तस्विर राखेर बधाइ दिइहाल्छन् । कतिपय प्रहरी अधिकारीसँग सँगै बसेको फोटो पनि उनले पोष्ट गर्ने गरेका छन् ।

    अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङलाई बढुवा हुनासाथ उनले बधाइ दिएका छन्। प्रहरीका उच्च अधिकारीसँग बसेको फोटो समेत सामाजिक संजालमा राखेर उनले आफ्नो पहुँच देखाउने गरेका छन्।

    ठाउँ फेर्दै जुवा अखडा संचालन
    यसैगरी काठमाडौंका टोलटोलमा मिनी क्यासिनो संचालन भइरहेका छन् । कोरोना महामारीले क्यासिनो संचालन हुन सकेका छैनन् । भए पनि नेपालीलाई क्यासिनो प्रवेश निषेध भएकाले घर घरमा जुवा अखडा चल्ने गरेको छ। यसरी जुवा अखडा संचालन गर्नेमा राज भन्ने भुवन श्रेष्ठ अग्रपंक्तिमा रहेको प्रहरी श्रोत बताउँछ ।

    काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उनले जुवा अखाडा संचालन गर्दै आएका छन् । भक्तपुर प्रहरीले श्रोत नखुलेको ४२ लाख रुपैयाँसहित २०७७ फागुन २७ मा सुमन घिमिरेलाई नियन्त्रणमा लिएको थियो ।

    महानगरीय प्रहरी बृत्त थिमिको टोलीले मध्यपुरथिमि(३ कौशलटारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट सो रकम बरामद गरेको थियो।

    उक्त रकमको श्रोत घिमिरेले खुलाउन नसकेपछि प्रहरीले उक्त रकम घिमिरेले जुवाबाट जितेको निष्कर्ष निकाली अनुसन्धान अगाडि बढाएको थियो । कोटेश्वर, चक्रपथ, बालाजु, नयाँबजार, विशालबजार, धुम्बाराही, भक्तपुर जस्ता विभिन्न ठाउँमा भुवन श्रेष्ठले जुवा खेलाउने गरेकोउजुरी पनि प्रहरीमा परेको श्रोत बताउँछ ।

    श्रेष्ठले प्रहरीसँग सेटिङ गरी जुवा खेलाउने गरेको प्रहरी श्रोत बताउँछ । श्रोतका अनुसार, काठमाडौंमा जुवा खेलाउने समूहमा राजकुमार अधिकारी ‘खरानी’ र भुवन श्रेष्ठ ‘राज’ मुख्य हुन् । खरानीले पनि ठाउँ फेरी फेरी जुवा खेलाउने गरेका छन् । उनले त पिकनिकको बहानामा धुलिखेल, ककनी लगेर पनि जुवा खेलाउँदै आएको श्रोत बताउँछ। आजको साँघु साप्ताहिमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार