Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सहकारीको आवरणमा जग्गा दलाली धन्दा चलाउने गिरोहद्वारा सहकारी विभागका रजिष्टारलाई बधाई

    सहकारीको आवरणमा जग्गा दलाली धन्दा चलाउने गिरोहद्वारा सहकारी विभागका रजिष्टारलाई बधाई

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । सहकारी विभागमा भर्खरै सरुवा भएर आएका रजिष्टार हुन्–लिलाप्रसाद शर्मा । सहकारी क्षेत्रको बेथिति नियमन गर्ने नियमक निकायको नेतृत्वमा भर्खरै आएका शर्माले एउटा विवादास्पद गिरोहसँग भेट गरेको पाइएको छ ।

    सहकारीका आवरणमा जग्गा दलाली धन्दा गर्ने यो गिरोहले भर्खरै सरुवा भएर आएका नयाँ रजिष्टारलाई फूलको थुंगा चढाएका छन् ।



    सोमबार सहकारी विभागको कार्यालय नयाँ बानेश्वरस्थित रजिष्टार शर्माकै कर्याकक्षमा पुग्ने गिरोह हो– राजधानीको न्युरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरु ।



    सर्वसाधरणको बचतमा सहकारीका सञ्चालकहरुले जग्गा दलाली धन्दा चलाउँदै आएको प्रमाण यसअघि नै सञ्चार माध्यममा आएको थियो ।

    सहकारीका सञ्चालक तथा तत्कालिन अध्यक्ष निरहरी उपाध्याय, हालका अध्यक्ष तथा पूर्व प्रबन्ध निर्देशक नरेन्द्र विष्ट, सञ्चालक मधुकर वाग्लेसहितका सञ्चालकहरुले सहकारी विभागका रजिष्टार शर्मालाई भेटेर कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

    रजिष्टार शर्माले कार्यभार सम्हाले लगत्तै त्यस्ता पात्रलाई भेटेका छन्, जसले जनताको बचतमा जग्गा दलाली धन्दा मात्रै चलाएको छैनन् सहकारी विभागदेखि सम्पत्ति सुद्धिकरण विभागसम्म छानबीनको घेरामा समेत छन् ।

    उनीहरुले राजधानीको नैकापमा गुड्खा व्यापारी पवन गर्गसँग मिलेर ७० रोपनी जग्गा किनेबेच गर्ने कागजात गरेका थिए । सहकारी सञ्चालकहरुले शुरुमा ३५ रोपनी जग्गा आफ्नो र श्रीमतीको नाममा नामसारी गरि ४२ करोडभन्दा बढीमा बेचविखन गरका थिए ।

    उक्त काण्ड थाहा पाएपछि एक टेलिभिजनले ३५ सेकेन्डको प्रोमो बजाएर पछि सेटिङ मिलेपछि प्रोमो नै डिलिट गरेको थियो । ‘शुक्रपथ सहकारीको कालोधन्दा…..’ भन्दै बजाइएको प्रोमो केही बेरमै डिलिट गरिएको थियो । सहकारी सञ्चालकले टेलिभिजनका मालिकका पुत्रलाई जग्गाकै पार्टनरसिप दिने सहमति भएपछि टेलिभिजनले प्रोमो नै डिलिट गरेको खुलाशा भएको थियो ।

    टेलिभिजनले बार्गेनिङ गरेको घटना समेत सार्वजनिक भएपछि उक्त टेलिभिजनले करिब २ करोड रुपैयाँ लिएर पनि बाहिरिएको पनि हल्ला चलेको थियो।  सहकारी सञ्चालकहरुले उक्त जग्गा ४२ करोडमा बेचेर मालामाल बनेका थिए ।

    सर्वसाधारणको बचतको पैसामा जग्गा दलाली गर्ने गिरोहलाई सहकारी विभागकै रजिष्टरले कार्यकालको शुरुमै भेटेर बधाई लिएपछि सहकारी विभागका अन्य कर्मचारी समेत सशंकित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार