Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जवरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

    जवरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले जवरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

    सिआईबीको टोलीले हुम्ला सर्केगाढ- ६ घर भएका २६ बर्षीय मिम बहादुर बुढालाई काठमाडौंको हाँडीगाँउबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले बताए ।



    डिआइजी थापाका अनुसार पक्राउ परेका बुढाले गत मङ्सिर २१ गते दिउँसो बाँके जिल्लाको वैध्यनाथ-१ गाँवरस्थित कर्णराज रोकायले संचालन गरेको कोठामा स्थानिय शैक्षिक संस्थाको कक्षा ११ मा पढ्ने छात्रालाई झुक्याई नसालु पदार्थ सेवन गराएर बेहोश बनाई जवरजस्ती करणी गरेका थिए ।



    उक्त घटनापछि फरार रहेका बुढालाई आइतबार सिआईबीले पक्राउ गरेसँगै थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाईएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार