Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चिनियाँ राजदूत यान्छी फेरी सक्रिय, प्रचण्डसँग ५० मिनेट वार्ता

    चिनियाँ राजदूत यान्छी फेरी सक्रिय, प्रचण्डसँग ५० मिनेट वार्ता

    अनलाइन नेपाल
  • सोमबार, ९ चैत्र २०७७
  • 3.3K
    SHARES

    काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरी सक्रिय बनेर राजनीतिक भेटघाटलाई तिब्रता दिएकी छन्।

    राजदूत यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी छन् । राजदूत यान्छीले सोमबार बिहान ९ बजे दाहाल निवास खुमलटार पुगेर भेट गरेकी हुन् ।



    स्रोतका अनुसार यान्छी  खुमलटारबाट  झन्डै १० बजे बाहिरिएकी थिइन् ।



    उनले करिब ५० मिनेट प्रचण्डसँग राजनीतिक विषयमा कुराकानी गरेकी  थिइन ।

    स्रोतका अनुसार प्रचण्ड र राजदूत यान्छीबीच पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ ।

    विगतमा तत्कालीन नेकपामा विवाद हुँदा उनको सक्रियता बढ्ने गरेको थियो । फागुन २३ गते अदालतले एमाले र माओवादीबीचको एकता बदर गरिदिएपछि राजदूत यान्छीले प्रचण्डसँग पहिलोपटक भेटेकी हुन् ।

    एक स्रोतका अनुसार केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी हुन ।

    कम्युनिष्ट सरकारलाई हटाउन नहुने भन्दै यान्छीले लबिङ गरिरहेको स्रोतले वतायो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार