Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लागूऔषधसहित पक्राउ परेको भनिएका दुई नेपाली महिलालाई भारतमा १० वर्ष कैद

    लागूऔषधसहित पक्राउ परेको भनिएका दुई नेपाली महिलालाई भारतमा १० वर्ष कैद

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । अवैध लागूऔषध चरेससहित पक्राउ परेको भनिएका नेपालका दुई महिलालाई भारतमा १ लाख जरिवानासहित १० वर्षको जेल सजाय भएको छ ।

    जरिवानाको रकम नबुझाए दुवैले थप दुई वर्ष जेल बस्नुपर्ने पनि अदालतले जनाएको छ ।



    हिजो भारत उत्तर प्रदेशस्थित बहराइचका विशेष न्यायाधीश नितिन पाण्डेयले १० वर्षको जेल सजायसहितको फैसला गरेका हुन् ।



    भारतीय सञ्चारमाध्यमहरुमा जनाइए अनुसार एडीजीसी क्रिमिनल फिरोज अहम्मद खाँले रुपैडिहा थानाको प्रहरीले रोडवेज बसको प्रतीक्षा गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा चरेससहित उनीहरूलाई पक्राउ गरेको बताएका छन् । यद्यपी चरेसको परिमाण भने खुलाइएको छैन ।

    दुवै महिलालाई २०१९ फेब्रुअरी १७ का दिन रुपैडिहा बसपार्कमा चरेससहित पक्राउ गरेको प्रहरीको दाबी थियो ।

    जेल सजाय तोकिएकाहरुमा रुकुमकी शिरकुमारी कामी र रोल्पाकी मायादेवीलाई सजाय भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, दुवैको विस्तृत ठेगाना भने खुलाइएको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार