Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • बंगलादेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

    बंगलादेशको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ ।

    भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए ।



    भेटवार्तापछि उनीहरु राष्ट्रपति हमिदले सोही भवनमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम र रात्रिभोजमा सहभागी भए ।



    बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदान–प्रदान भएको छ ।

    बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी हुन् ।

    राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।

    त्यसअघि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार