Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अस्ट्रेलियाको सिड्नीमा सयौँ घर डुबानमा, अझ वर्षा हुन सक्ने चेतावनी

    अस्ट्रेलियाको सिड्नीमा सयौँ घर डुबानमा, अझ वर्षा हुन सक्ने चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.4K
    SHARES

    एजेन्सी। धेरै दशकपछि आएको ठूलो बाढीका कारण पश्चिमी सिड्नीबारे ठूलो चिन्ता भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

    न्यू साउथ वेल्सका केही स्थानमा एक मिटरसम्म वर्षा भएको र त्यसले गर्दा आएको बाढीले सयौँ घर बगाएको छ। सडकहरू पनि अवरुद्ध भएका छन्।



    मोरिसनले अझ धेरै वर्षा हुन सक्ने र जोखिमका दिन आउन सक्ने बताउँदै सङ्कटकाल केवल समुद्र किनारको घटना नभएको बताएका छन्।



    उनले सिड्नीको सबैभन्दा ठूलो बाँधबाट अर्को सातासम्म पनि पानी बहने र त्यसले उच्च जनसङ्ख्या भएको क्षेत्रलाई खतरामा राख्ने बताएका छन्।

    त्यहाँ अहिलेसम्म वर्षा र बाढीका कारण कसैको मृत्यु भएको छैन, तर हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको र उद्धारका लागि सेना परिचालन गरिएको छ।

    गत सातादेखि भइरहेको ठूलो वर्षा बुधवारदेखि कम हुने बताइएको छ। तर बाढीको जोखिम कायम रहनेछ। (बीबीसी)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार