Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इजरायलमा दुई वर्षभित्र लगातार चौथो पटक निर्वाचन

    इजरायलमा दुई वर्षभित्र लगातार चौथो पटक निर्वाचन

    इजरायलको इतिहासमा राजनीतिक असमझदारी

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 3.3K
    SHARES

    एजेन्सी।  मङ्गलबारबाट इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन  शुरु भएको छ ।

    संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो ।



    प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ ।



    चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् ।

    इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।

    इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उहाँले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गरेका छैनन् । उनीमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्यहरु नगरेको दाबी गर्दै आएका छन् ।

    प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शनहरु पनि भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार