Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गच्छदारलाई ललिता निवासमा ओलीले फसाएको देउवाको आरोप

    गच्छदारलाई ललिता निवासमा ओलीले फसाएको देउवाको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.9K
    SHARES

    मोरङ। नेपाली कांग्रेसका ले पार्टी उपसभापति विजय गच्छदारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फसाएको आरोप लगाएका छन्।

    मंगलबार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा बोल्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन्।



    प्रधानमन्त्री ओलीले गच्छदारलाई ललिता निवास प्रकरणमा फसाउने काम गरेको भन्दै उनले न्याय पाउनेमा आफु विस्वस्त रहेको देउवाको भनाइ छ।



    कार्यक्रममा देउवाले भने, ‘विजय गच्छदार हाम्रो पार्टीको नेता हो, उहाँलाई फसाइएको छ, मलाई विश्वास छ, उहाँले न्याय पाउनुुहुनेछ ।’

    यस्तै, उनले कम्युनिष्ट सरकारको प्रभावमा प्रहरी र सरकारी कर्मचारीले आफ्ना पार्टीका कार्यकर्तालाई दुःख दिएको भन्दै झोक्किँदै देउवाले भने ‘जनताले तिरेको करबाट तलब खाएर पार्टीको काम गर्ने ?’, ‘हाम्रो पार्टीको साथीलाई दुःख दिनेलाई छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ ।’

    देउवाले आफूले चाहेर पनि प्रधानमन्त्री बन्ने अवस्था नरहेकोसमेत बताए । शेरबहादुरले प्रधानमन्त्री खाँदै खाएन भन्ने हल्ला छ । खान्छु भनेर मात्रै भएन नि ।’

    उनले भने, ‘तर त्यस्तो होइन, सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र दुइटा पार्टी भए, अहिले बहुमतको सरकार छ । बहुमतको सरकार हुँदाहुँदै मैले चाहेर प्रधानमन्त्री हुने हो र ? त्यसैले मैले चाहेर पनि हुँदैन ।’

    यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणका २२ माघ २०७६ मा गच्छदार सहित १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले पटक–पटक म्याद तामेलका लागि पठाउँदा पनि गच्छदारसहित ४६ जना अदालतमा उपस्थित भएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार