Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बैंकिङ् कसूर मुद्धामा फरार रहेका अभियुक्त पक्राउ

    बैंकिङ् कसूर मुद्धामा फरार रहेका अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बैकिङ्ग कसूर मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

    सिआईबीको टोलीले काठमाडौं जिल्ला घर भई काठमाडौँ कै गोकर्ण बस्ने ४० बर्षीय बुद्धिबहादुर तामाङलाई जोरपाटीबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले बताए ।



    तामाङ्लाई गत फागुन १७ गते उच्च अदालत पाटनले छ दिन कैद र उन्नाईस लाख नब्बे हजार रूपैयाँ धरौटी बराबरको जरिवाना हुने फैसला सुनाएको थियो ।



    डिआइजी थापाका अनुसार पक्राउ परेका तामाङ्ले २०७६-०७-२५मा कुमारी तामाङ्लाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कृषि विकास बैंक लिमिटेडमा रहेको उनको बचत खाताबाट भुक्तान हुने गरी उक्त रकम बराबरको चेक काटी पीडित जाहेरवाला तामाङ्लाई दिएको थिए ।

    पक्राउ परेका तामाङ्गलाई यसअघि नै बैंकिङ् कसूर तथा सजाय ऐन बमोजिम सजाय हुने फैसला भएको सिआईबीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार