Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नरभक्षी बाघ बाँकेको थुनाबाट भाग्यो

    नरभक्षी बाघ बाँकेको थुनाबाट भाग्यो

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.7K
    SHARES

    बाँके। बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ।

    बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी निकुञ्जको टाइगर होल्डीङ सेन्टरमा राखिएको थियो।



    बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जङ्गलभित्र नजान स्थानीय बासिन्दालाई आग्रह गरेको छ।



    निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले मङ्गलवार बिहान छ बजे बाघ भागेको जानकारी आएको बताए।

    आफूहरू बाघलाई राखिएको खैरीस्थित टाइगर होल्डीङ सेन्टरको अनुगमन गर्न जाँदा दुई वटा फलामको डन्डी भाँचेर भागेको पाइएको बताए। बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार