Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एक वर्ष अघिको त्यो दिन

    एक वर्ष अघिको त्यो दिन

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा पनि कोरोना भाइर (कोभिड–१९) को महामारी शुरु भएको भन्दै सरकारले एक वर्ष अघि अर्थात २०७६ साल चैत ११ गतेबाट एक साताका लागि देश भर नै लकडाउन गरेको थियो ।

    लकडाउनसगै सँधै ट्राफिक जाम र धुलो÷धुवाँले अस्तव्यस्त हुने काठमाडौंमा शान्ति त छायो तर, आम सर्वसाधरणमा भने शान्ति छाउन सकेको थिएन् र अझै पनि छैन ।



    कसैलाई आफ्नो गाउँ जानुपर्ने चिन्ता त कसैलाई हातमुख जोड्न नै धौ हुने जस्ता कारणले सताउन थालिसकेको थियो भने चौतर्फी रुपमा कोरोनाको भय त छँदैथियो ।



    २०७६ साल चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी सरकारले चैत १८ गते बिहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

    पहिलो पटक एक साताका लागि भएको लकडाउ पटक–पटक थप गरी झण्डै चार महिनासम्म लम्बियो । तर, अझैपनि त्यसको असर भने नेपालमा मात्र नभई विश्वभर नै छ ।

    सन २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोनाले महामारीले डेढ वर्ष वितिसक्दा पनि अझै नियन्त्रणमा आउने छाँटकाँट देखिएको छ ।

    कतिपय देशहरुमा त झन नयाँ प्रकारको कोरोनाको फैलिएको भन्दै फेरि लकडाउन शुरु भएका छन् । हुनत कोरोना भाइरसविरुद्धको खोप बनिसकेको छ । तर, त्यसले एक त सोचे अनुसारका काम गरेको छैन भने अर्को मागजति उत्पादन गर्न सकिएको छैन ।

    अब फेरि लागौं एक वर्ष अघि लकडाउन शुरु भएकै दिनतिर । लकडाउनका समयमा सरकारले सर्वसाधारण घरबाट बाहिर निस्किनलाई नै बन्देज लगाएको थियो ।

    सरकारले कोरोना संक्रमण फैलने सम्भवना देखिएकाले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी रोग रोकथाम र निर्मूलका लागि यो निर्णय लिएको थियो ।

    सरकारको उक्त निर्णयपछि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका अनुमतिप्राप्त कर्मचारीबाहेक अन्यले घरबाहिर निस्किन पाएका थिएनन् ।

    त्यसबाहेकका कर्मचारीलाई भने कार्यालय प्रमुखले आवश्यकताका आधारमा बोलाउने गरी घर(घरमै अलर्ट अवस्थामा राख्ने गरी बिदा दिने निर्णय पनि भएको थियो ।

    लकडाउनपछि निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न बन्द भए भने आन्तरिक हवाई उडान बन्द भए। यद्यपी लामो दूरीका सवारी साधन र अन्तर्राष्ट्रिय हवाई उडान भने सरकारले त्यसअघि नै बन्दको घोषणा गरेको थियो।

    नेपालमा २०७६ साल माघमा पहिलो पटक चीनबाट आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    तर, चैत ४ गते फ्रान्सबाट दोहा–कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि सरकार नेपाललाई लकडाउन गर्ने निर्णयमा पुगेको थियो ।

    लकडाउनमा औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन बन्देज लगाइएको थियो ।

    त्यसैगरी अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको थियो ।

    सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडानबाहेक अन्य सबैै आन्तरिक व्यावसायिक उडान बन्द गराइएको थियो ।

    त्यसैगरी स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने निर्णय भएको थियो ।

    औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउन पनि सरकारले निर्देशन दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार