Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बीपी प्रतिष्ठानको घोटालामा अख्तियार पस्यो, उपकुलपति गिरीको आवासमा छापा

    बीपी प्रतिष्ठानको घोटालामा अख्तियार पस्यो, उपकुलपति गिरीको आवासमा छापा

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 3K
    SHARES

    धरान। पछिल्लो समय निकै क्रियाशिल रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको आवासमा छापा मारेको छ ।

    मंगलबार आयोगको इटहरी टोलीले उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरीको आवास गृहमा छापा मारेर त्यहाँको कागजपत्र नियन्त्रणमा लिएको जनाएको छ ।



    यसअघि प्रतिष्ठानमा उपकुलपति गिरीले प्रतिष्ठानका सम्पति दुरुपयोग गर्दै आवश्यकता भन्दा बढि विलासिताका सामान खरिद गरेको विषयमा अख्तियारमा उजुरी परेपछि आयोगले उपकुलपति गिरीलाई लिखित जवाफ मागेको थियो ।



    तर उपकुलपतिको आवासबाट आयोगको पत्रको कुनै जवाफ नआएपछि मंगलबार टोली आफैँ पुगेर कागजपत्र नियन्त्रणमा लिइएको आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

    प्रतिष्ठानमा भएको अनियमिततामा उपकुलपति डा ज्ञानेन्द्र गिरी र रजिस्ट्रार मोहनचन्द्र रेग्मीको नाम जोडीने गरेको छ।

    प्रतिष्ठानले कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का दिँदा गिरीमाथि आर्थिक लाभ लिएको आरोप लाग्दै आएको छ।

    अख्तियारको मुद्दा खेपिरहेका ठेकेदार चेतन अग्रवाल तत्कालीन उपकुलपति डा बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा अदालत धाइरहेकै बेला उक्त गिरोहले नै बिनाटेन्डर करोडौंको ठेक्का लिन सफल भएको समाचार बाहिर आएको थियो ।

    निर्देशक गौरीशंकर साहको मात्र सिफारिसमा उपकुलपति डा ज्ञानेन्द्र गिरीले सोझै अग्रवाललाई ठेक्का दिएका थिए ।

    गिरी उपकुलपति भएर आउनुअघि प्रतिष्ठान ३२ करोड रुपैयाँ घाटामा थियो। त्यसयता ८ महिनामा यसको घाटा बढेर एक अर्ब ७ करोड पुगिसकेको छ। तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निजी अस्पताल सञ्चालक  गिरीलाई जेठमा प्रतिष्ठानको उपकुलपति बनाएका थिए।

    ढकालले अग्रवालको गिरोह र गिरीसँग मिलेर करोडौ लाभ लिएका छन्। जुन बिषयमा अख्तियारले पनि अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार