Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • होलीमा प्रहरीको कैँची, यस्ता छन् पालना गर्नुपर्ने नियमहरु

    होलीमा प्रहरीको कैँची, यस्ता छन् पालना गर्नुपर्ने नियमहरु

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले होली अर्थात् (फागु पुर्णिमा) मनाउँदा स्वास्थ्य सुरक्षा ख्याल गर्न आग्रह गरेको छ ।

    कोरोना भाइरसको संक्रमण पुन बढेको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह अनुसार भिडभाडजन्य कार्य नगर्न, सामाजिक दूरी कायम गर्न, मास्कको अनिवार्य र उचित प्रयोग गर्न र जन स्वास्थ्यका मापदण्डको पालना गर्न अपील गर्दै आफ्नो घरपरिवारमा मात्र बसी संयमित र नियन्त्रित भई होली खेल्न आग्रह गरिएको पर्सा प्रहरी प्रमुख एसपी ओमप्रकाश खनालले बताए ।



    हिन्दू धर्मावलम्बीहरुको पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रहरी प्रमुख एसपी खनालले होली खेल्न निम्न बमोजिम बुँदाहरूको पालना गर्न र गराउन समेत अपील गरेका छन्।



    १, कोभिड-१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखी आफ्नो घरपरिवारमा मात्र होली मनाऔँ ।

    २, घर परिवार भन्दा बाहिर गएर समूहमा भेला भई होली नखेलौँ ।

    ३, होलीको नाममा कुनै पनि सार्वजनिक कार्यक्रमको आयोजना नगरौँ ।

    ४, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, मोटरसाइकल चालकले हेल्मेट नलगाउने, मोटरसाइकलमा दुई (२) जना भन्दा बढी व्यक्ति बसी सवार गर्ने, समूहमा मोटरसाईकल चलाउने लगायतका ट्राफिक नियमहरुको उल्लङ्घन हुने कृयाकलाप नगरौँ ।

    ५, घरको झ्याल, छत, वरण्डा, आदि बाट रङ्ग, पानी, पिच्कारी तथा लोला प्रहार नगरौँ ।

    ६, सडकरबाटोमा हिँडिरहेका व्यक्तिउपर इच्छा विपरीत रङ्ग, अविर दल्ने, मोबिल पेन्ट घस्ने कार्य नगरौँ ।

    ७, पर्वको नाममा समुदायमा नकारात्मक असर पर्ने, शान्ति भङ्ग हुने खालका अभद्र तथा उच्छृङ्खल कृयाकलापहरू नगरौँ ।

    ८, होलीको नाममा धार्मिकरसाम्प्रदायिक सदभावमा खलल पुग्ने खालका कुनै पनि कृयाकलाप नगरौँ ।

    ९, महिलालाई लक्षित गरेर इच्छा विपरीत रङ्ग तथा अविर लगाउने, लोला हान्ने, पानी पिच्कारी हान्ने र कुनै पनि किसिमको सताउने तथा हैरानी दिने खालका कृयाकलाप नगरौँ ।

    १०, होली मनाउँदा कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहौँ र नागरिक जिम्मेवारीलाई कहिल्यै पनि नभुलौँ ।

    माथि उल्लेखित बुँदाहरु विपरीका कृयाकलापहरू भए गरेको पाइएमा कानून बमोजिम कार्वाही गरिने  प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार