Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सरकारविरुद्ध अविश्वासका प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारवाही गर्न ओलीको निर्देशन

    सरकारविरुद्ध अविश्वासका प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारवाही गर्न ओलीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासका प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् ।

    अध्यक्ष ओलीले मुख्यमन्त्री राईलाई हालै काठमाडौंमा बोलाएर हस्ताक्षर फिर्ता लिन मौका दिने र फिर्ता नलिएमा अनुशासनको कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको स्रोतले जनाएको छ ।



    मुख्यमन्त्री राईले बुधबार प्रदेश नं १ को संसदीय दलको बैठक डाक्दा माधव नेपाल पक्षधरका २ जना मात्र सांसद सहभागी भएका थिए ।



    यसअघि नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी नहुने बताए पनि केही सांसदहरू उपस्थित भएका छन् ।

    माधव तुलसी न्यौपाने, लीलाबल्लभ घिमिरे बैठकमा सहभागी भएर अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिने जानकारी गराएको बताइएको छ ।

    एमालेका ५१ सांसदमध्ये ३१ जना राईको पक्षमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार