Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पछि हट्यो नेपाल पक्ष, मुख्यमन्त्री राईको पद सुरक्षित

    पछि हट्यो नेपाल पक्ष, मुख्यमन्त्री राईको पद सुरक्षित

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 4.1K
    SHARES

    विराटनगर । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ ।

    मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल पक्ष सहमत भए पछि राईको पद सुरक्षित भएको हो।



    एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।



    अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन माधवकुमार नेपाल पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए ।

    यसअघि अध्यक्ष ओलीले सरकारविरुद्ध अविश्वासका प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार