Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • साथी-साथीबीच झगडा: हतियार प्रहार गरी घाइते बनाउने दुई पक्राउ

    साथी-साथीबीच झगडा: हतियार प्रहार गरी घाइते बनाउने दुई पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ११ चैत्र २०७७
  • 4.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। महानगरीय प्रहरी प्रभाग बलम्बुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी टुसाल चोक बस्ने ३७ वर्षीय प्रभु कृष्ण थापा र २३ वर्षीय दिवाकर महर्जन रहेका छन्।



    उनीहरुले झापा दमक नगरपालिका-४ घर भई चन्द्रागिरी नगरपालिका-१५ बिष्णुदेबी बस्ने ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।



    मंगलबार होटलमा खाजा खाने क्रममा साथी-साथीबीच झगडा हुँदा प्रभु कृष्ण र दिवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

    गम्भीर घाइते भएका पदमलाई उपचारको लागि ओम समाज अस्पताल लगिएकोमा थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली रिफर गरिएको प्रहरीले बताएको छ।
    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार