Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सन्दीपले इंग्ल्यान्डमा टी ट्वान्टी क्रिकेट खेल्ने

    सन्दीपले इंग्ल्यान्डमा टी ट्वान्टी क्रिकेट खेल्ने

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

    सन्दीपले वोर्सेस्टरशायर र्‍यापिड्सबाट टी ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् । वोर्सेस्टरशायरले सन्दीपलाई २०२१ को सिजनका लागि अनुबन्धित गरेको जनाएको छ ।



    २० वर्षीय सन्दीपले पहिलो पटक टी ट्वान्टी ब्लास्ट खेल्न लागेका हुन् । यस प्रतियोगिता खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।



    इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टी ट्वान्टी ब्लास्ट २०२१ को जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार