Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बाइडेनलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा बालिस्टिक क्षेप्यास्त्र परीक्षण

    बाइडेनलाई चुनौती दिँदै उत्तर कोरियाद्वारा बालिस्टिक क्षेप्यास्त्र परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । उत्तर कोरियाले अमेरिकालाई चुनौती दिँदै जापानको समुद्रमा दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले बालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको यो पहिलो घटना हो ।

    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पारित संकल्प प्रस्तावमा उत्तर कोरियाले कुनै पनि बालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर, उत्तर कोरियाले भने त्यसलाई बेवास्ता गर्दै आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइरहेको छ ।



    जापानले क्षेप्यास्त्रको अवशेष आफ्नो नियन्त्रणमा रहेको समुद्री क्षेत्रमा भने नपरेको बताएको छ । केही दिनअघि मात्र उत्तर कोरियाले दुई नन बालिस्टिक क्रुज मिसाइललाई येलो सीमा प्रक्षेपण गरेको थियो ।



    क्रुज मिसाइलको परीक्षणलाई प्रतिबन्ध नगरिएपनि बालिस्टिक मिसाइललाई भने खतरनाक हतियार मानिन्छ । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले पछिल्लो परीक्षणले सो क्षेत्रको शान्ति र सुरक्षामा चुनौति थपिएको बताए ।

    बीबीसीका अनुसार बाइडेन प्रशासनले उत्तर कोरियासँग संवाद गर्ने प्रयास गरिरहँदा क्षेप्यास्त्र परीक्षण गरेर चुनौती दिएको हो।

    केही दिन अघि मात्रउत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनीले अमेरिकालाई ‘दुर्गन्ध ननिकाल्न’ चेतावनी दिएकी थिइन ।

    किम यो-जङले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा यस्तो बताएकी थिइन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार