Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युट्युबले सिकायो नक्कली नोट बनाउन, कीर्तिपुरबाट दुई पक्राउ

    युट्युबले सिकायो नक्कली नोट बनाउन, कीर्तिपुरबाट दुई पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीले नक्कली नोट बनाइरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा ३५ वर्षीय गनबहादुर लोप्चान र ३९ वर्षीया माया तामाङ रहेका छन्। उनीहरुलाई कीर्तिपुरस्थित समल टोलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।



    पक्राउ परेका लोप्चाङ्ले युट्युब हेरेर आइडिया लिगेको र न्युरोडबाट १९ हजार रुपैयाँमा फोटोकपी मेसिन र आवश्यक पर्ने अन्य कागज किनेर ७र८ दिनदेखि नक्कली नोटको कारोबार गरेको प्रारम्भीक बयान दिएको एसपी बस्नेतले बताए।



    नक्कली नोट बोकेका व्यक्ति कलंकीमा आएको सुराकको आधारमा प्रहरीले उनीहरुको पिछा गरेको थियो ।

    रौतहट घर भइ काठमाडौं कीर्तिपुर बस्दै आएका उनीहरुको डेरा सर्च गर्दा हजार रुपैयाँ दरका ४९ थान र ५ सय दरको थप ५६ थान नक्कली नोट फेला परेको छ ।

    डेराबाट नोटमा प्रयोग गरिने ‘सेक्युरिटी थ्रेड’ बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्रिन्टर बरामद गरिएको र घटनाको थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार