Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राज्यका अनुदानलाई ‘उल्फाको धन फुपूको श्राद्ध’ नगर्न प्रधानमन्त्री ओलीको आग्रह

    राज्यका अनुदानलाई ‘उल्फाको धन फुपूको श्राद्ध’ नगर्न प्रधानमन्त्री ओलीको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवनमा लाइफ इज फर्स्ट रहेको बताएका छन् ।

    बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्लो समय बिस्तारै बढ्दै गएको कोरोनाका कारण सुरक्षित बस्न पर्ने भन्दै मानव जीवनमा लाइफ इज फर्स्ट रहेको बताएका हुन्।



    कोरोना महामारीलाइ सरकारले रोक्न सफल रहेको भन्दै प्रधानमन्त्री ओलीले पहिला जीवन रहे मात्र उद्घोग धन्दा चलाउन सकिने भन्दै कोरोनाको बेला आफुले सही नीति अबलम्बन गर्दा सफलता मिलेको बताए ।



    कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश आत्मनिर्भर बनिसकेको भन्दै अब छिट्टै नेपाल अरु देश जस्तै विकसित हुने तर्फ लम्किरहेको पनि जानकारी गराए ।

    आफ्ना गाउँठाउँका स्रोत र साधनलाई महत्वका साथ उपभोग गर्न सके मात्र देश आत्मनिर्भर हुन सक्ने कुरामा जोड दिँदै उनले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकार तयार रहेको बताए ।

    यस्तै, ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा समेत गरेका छन् ।

    प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो देशलाई एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएका छौं । यो राष्ट्रिय खुशीको अवसर हो ।’

    यस सफलतामा धेरैले योगदान दिएको प्रधानमन्त्रीले बताए । ‘हरेक दिन एक कदम अगाडि’को नारा सार्थक पार्ने दिशामा सरकार अघि बढेको उनको भनाइ छ

    उनले राज्यबाट पाएका अनुदानहरुलाई सहि सदुपयोग गर्न आग्रह गर्दै उल्फाको धन फुपूको श्राद्ध नगर्न आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार