Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १० वर्षिया बालिका बलात्कार गरेर फरार भएका मुखिया १३ वर्षपछि पक्राउ

    १० वर्षिया बालिका बलात्कार गरेर फरार भएका मुखिया १३ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 2.5K
    SHARES

    सप्तरी । १० वर्षिया बालिका बलात्कार गरेर फरार भएका एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतबाट कैद सजाय तोकिएका फरार प्रतिवादी ३५ वर्षिय सेभु भन्ने श्याम मुखियालाई १३ वर्षपछि पक्राउ गरेको हो ।



    बिहीबार गाउँमै लुकिबसेको अवस्थामा पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।



    २०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा उनीमाथी जरबजस्तीकरणी मुद्दा चलाइएको थियो ।

    सो मुद्दामाथी सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

    घटनापछि फरार भएका मुखिया गाउँ फर्केको र लुकिबसेको सूचना आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार