Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 

    सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। पर्सा, पाँचथर, रुकुम (पश्चिम) र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    पर्सा, वीरगंज महानगरपालिका-२४ स्थित सडकमा ना.३ ख ३९९२ नम्बरको कन्टेनरले ना.४३ प ९८३४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-२० बस्ने २५ वर्षीय आषेश प्रसाद यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको तराई अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने श्याम बिहारी यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।



    पाँचथर, कुम्मायक गाउँपालिका-४ वानथाकस्थित सडकको ट्रयाक खन्ने क्रममा बिरुवा कन्ट्रक्सन प्रालिको ना.१ क ८३२१ नम्बरको स्काईभेटर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा स्काईभेटर चालक दोलाखा तामाकोशी गाउँपालिका-३ पुरानोगाउँ बस्ने २८ वर्षीय पवन महतको घटनास्थलमै मृत्यु भएको छ । 



    रुकुम(पश्चिम), सानीभेरी गाउँपालिका-९ सुलीहालेस्थित सडकमा चन्द्रा एण्ड बसन्त जेबी कम्पनीको बा.२ क ९८८३ नम्बरको लोडर आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल भेरी नदीमा बिहीबार दिउँसो खस्दा लोडरका सहचालक कैलाली गोदाबरी नगरपालिका-४ बस्ने २२ वर्षीय सन्तोष बुढामगरको घटनास्थलमै मृत्यु भएको छ । 

    सुनसरी, कोसी गाउँपालिका-८ तिनकुनेस्थित सडकमा ना.४ ख ५२९१ नम्बरको बसले मे.६ प ८००० नम्बरको  मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक ईलाम, ईलाम नगरपालिका-८ तिलकेनी घर भएका ३५ वर्षीय मेख बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार