Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मेलम्चीको पानी आउने योजना आफ्नो रहेको बिना मगरको दाबी

    मेलम्चीको पानी आउने योजना आफ्नो रहेको बिना मगरको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रकी नेत्री एवं पूर्वखानेपानीमन्त्री बिना मगरले आफ्नो योजना अनुसार मेलम्चीको पानी आउन सफल भएको दाबी गरेकी छिन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले मेलम्ची ल्याउन सफल भएको भन्दै भनिरहेका बेला पूर्वमन्त्री मगरले यस्तो भनेकी हुन्।



    आज मेलम्ची आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुगेकी पूर्वमन्त्री मगरले प्रशोधन केन्द्र अबलोकनपछि मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।



    मगरले फेसबुकमा लेखेकी छन्,’आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज प्रशोधन केन्द्रमा हालिएको छ । अब काठमाडौंको घर घरमा खानेपानी आउँदैछ । हाम्रो अथक मेहनत र योजना मुताबिक मेलम्ची आयोजनाको कामले तीब्रता पाएको हो । उपत्यकाबासीको मेलम्चीको पानी पिउने सपना अब करिब पुरा भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार